श्रावण १४, २०८२ बुधबार July 30, 2025

सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

ठाकुर प्रसाद बेलबासेको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । किर्ते कागजात बनाइ सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेहरूलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालले सिफारिस गरेको छ ।

प्रेस काउन्सिलले दृष्टि मिडिया प्रालिद्वारा सञ्चालित दृष्टिन्यूज डटकमको नाममा परिचयपत्र, कार्यअनुभवपत्र लगायतका नक्कली कागजपत्र बनाइ किर्ते गर्नेहरूलाई कारबाही गर्न सिफारिस गरेको हो ।

विभिन्न नक्कली कागजात बनाई अष्ट्रेलियाका लागि भिसा आवेदन गरेको विषय भारतको नयाँदिल्लीस्थित अष्ट्रेलियन दूतावासले जानकारी उल्लेख गर्दै दोषीउपर कारबाही गर्न नेपाल प्रहरी, उपत्यका प्रहरी कार्यालय काठमाडौँमा पत्राचार गरिएको प्रेस काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।

त्यसैगरी दि हिमालयन टाइम्स दैनिक र यसको अनलाइन पोर्टलबाट इलाइट हिमालयन एडभेन्वर्स प्रालि र निर्मल पूर्जाको नामसँग जोडेर विभिन्न मितिमा पटक पटक एकपक्षीय सामग्री सम्प्रेषण गरेको भनी दर्ता भएको उजुरीको अध्ययन गर्न काउन्सिलका सदस्य ठाकुर प्रसाद बेलबासेको संयोजकत्वमा तीन सदस्यीय कार्यदलसमेत गठन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त
२०८२ श्रावण १५, बिहिबार
मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च
२०८२ श्रावण १४, बुधबार
नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी
२०८२ श्रावण १४, बुधबार
संसद् र सांसदहरू अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सभामुख
२०८२ श्रावण १४, बुधबार
एन्फा यु–१६ युथ लिग : एपिएफ र श्री भगवतीको बराबरी
२०८२ श्रावण १४, बुधबार
एथलेटिक्स सङ्घमा राजीव विक्रम शाह पुन: निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप छनोट सुरु
२०८२ श्रावण १४, बुधबार