कार्तिक ११, २०८३ बुधबार October 28, 2026

म्यानचेष्टर सिटीमाथि लागेको २ वर्षको प्रतिबन्ध फिर्ताः सन् २०२०-२१ को च्याम्पियन लिग खेल्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः ईंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीमाथि लागेको २ वर्षको प्रतिबन्ध फिर्ता भएको छ।

द कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (क्यास)ले युरोपेली क्लब प्रतिस्पर्धामा सहभागी हुन लगाएको प्रतिबन्ध फिर्ता गरेको हो । योसँगै ‘इक्विटी फन्ड’लाई ‘स्पोन्सरसिप कन्ट्रिब्युसन’का रुपमा प्रयोग गरेको आरोपबाट सिटी मुक्त भएको छ।

सिटीलाई सन् २०१२ देखि १६ सम्म आर्थिक अपारदर्शिताको गम्भीर आरोप लगाउँदै युरोपेली फुटबलको सर्वोच्च संस्था युईएफएले २ वर्षको प्रतिबन्ध लगाएको थियो। क्यासको निर्णयपछि सिटीमाथि लगाइएको ३ करोड युरो जरिवाना १ करोड युरोमा झारिएको छ।

यो विवादबारे निर्णय दिने क्रममा क्यासले सिटीले यूईएफएका अधिकारीलाई सहयोग नगरेको बताए पनि यूईएफएको क्लबहरुको आर्थिक नियन्त्रण गर्ने निकाय सीएफसीबीले गरेको प्रतिबन्ध भने हटाइदिएको बीबीसीले जनाएको छ।

यो निर्णयपछि सिटीले सन् २०२०–२१ को च्याम्पियन लिग खेल्न पाउने भएको छ। सिटी प्रिमियर लिगमा दोस्रो हुने निश्चित भइसकेको छ। यो वर्षको लिगमा पेप ग्वार्डिओलाको टोलीले रियल मड्रिडसँग अन्तिम १६ को दोस्रो लेग ७ अगस्टमा इत्तेहाद स्टेडियममा खेल्नेछ। पहिलो लेगमा २–१ ले आफ्नो पक्षमा पारेको सिटीले क्वार्टर फाइनलमा भने जुभेन्टस वा लियोनको सामना गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार