श्रावण ६, २०८२ मंगलबार July 22, 2025

राष्ट्रपति-नेपाल भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाै‌ंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर भेटघाट गरेकी छन्। नेकपामा आन्तरिक विवाद चर्किंदै गएपछि राष्ट्रपति भण्डारीले नेपाललाई बोलाएर भेटघाट गरेकी हुन्।

‘उहाँहरुबीच पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिबारे कुराकानी भएको छ’, राष्ट्रपति कार्यालयले स्रोतले भन्यो। तर नेपालको सचिवालयले भने भेटघाटको पुष्टि गरेन।  भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाएर पार्टीलाई एकताबद्ध बनाएर लैजान नेपाललाई आग्रह गरेकी थिइन।

नेपालले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीलाई सम्झाउन आग्रह गरेका थिए। पार्टी पद्धतिमा चलोस्, नेताहरुको कार्यविभाजन समान होस भन्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो। आफूलाई तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदको लोभ नभएको पनि उनले बताएको स्रोतले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार