असार २५, २०८२ बुधबार July 9, 2025

‘समृद्धिका लागि शिक्षामा सुधार ल्याउनुपर्छ’

देशलाई अगाडि बढाउन त्यसका लागि शिक्षाको विकास हुनु आवश्यक रहेको भनाज्ञ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देश समृद्धि र विकासका लागि शिक्षामा सुधार ल्याउनुपर्ने बताउनुभएको छ ।

जनतासँग जसपा, नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आज आयोजित कार्यक्रममा उहाँले देशलाई अगाडि बढाउन त्यसका लागि शिक्षाको विकास हुनु आवश्यक रहेको बताउनुभयो ।

“सबैभन्दा बढी शिक्षा क्षेत्रको अवस्था लथालिङ्ग भएको छ”, अध्यक्ष यादवले भन्नुभयो, “कुनै पनि मुलुकको विकास र समृद्धिका लागि त्यो देशको जनता शिक्षित हुनुपर्छ ।” उहाँले देशको विकास र समृद्धिका लागि गरिबी, बेरोजगारी र भ्रष्टाचार अन्त्य गरी समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प नरहेको जिकिर गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया