असार २३, २०८२ सोमबार July 7, 2025

११ बर्षीया छोरी बलाकृत गर्ने बाबु र ६१ बर्षीयआमा बलात्कार गर्ने छोरा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बैतडीको पुरचौडीमा एक छोराले आफ्नै ६१ बर्षीय आमालाई पटक पटक बलात्कार गरेका छन् । यस्तै सोही जिल्लाको पञ्चेस्वरमा अर्का एकजनाले आफ्नै ११ बर्षीया छोरीलाई पटक-पटक बलात्कार गर्दै आएको खुलाशा भएको छ ।

बलात्कारको आरोपमा उनीहरु दुबै जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानको लागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पञ्चेश्वर गाउँपालिका ४ की ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनकै ४५ बर्षीय बुवा पक्राउ परेका छन् । म‌गलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता गौरीप्रसाद जैसीले जानकारी दिए । ती बालिकाको शरीरमा निलडाम भएको, बेलाबेलामा कराउने र भागेर छिमेकीको शरणमा जाने गरेको खुल्नमा आएको उनले बताए ।

बलात्कृत ती बालिकाकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । उनले श्रीमतीको मृत्युपछि मादकपदार्थ सेवन गरी छोरीलाई पटक-पटक जबरजस्ती गर्ने गरेको खुलेको बताए । यो कुरा आफुहरुले थाहा पाएछि प्रहरीलाई बुझाएको बताए ।

पक्राउ गरेको ती व्यक्तीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए ।

यस्तै जिल्लाको पुरचौडी नगरपालिका १० मा आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा ३२ बर्षीय उनकै छोरा पक्राउ परेका छन् ।

मंगलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी नुवान नामक बिषादी सेवन गरेको अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीसंकर जैसीले बताए ।

आमालाई बलात्कार गरी बिषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार