असार २५, २०८२ बुधबार July 9, 2025

नगरपालिकाले भत्काएका संरचना पुनःनिर्माण गर्न क्याम्पसको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, ९ कात्तिकः भक्तपुर नगरपालिकाले विभिन्न संरचना भत्काएपछि भक्तपुर बहुमुखी क्याम्पस प्रशासनले आपत्ति जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको उक्त क्याम्पसमा नगर प्रहरीमार्फत बल प्रयोग गरी क्याम्पस प्रमुख, विद्यार्थी र क्याम्पसका कर्मचारीमाथि हातपातसमेत गरेको क्याम्पस प्रमुख डा कविता लुइँटेल भट्टराईले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख डा भट्टराईले प्रेस विज्ञप्ति जारी गरी नगरपालिकाले डोजर ल्याएर क्याम्पसको संरचना भत्काएको र त्यसलाई रोक्न खोज्दा क्याम्पस प्रमुख, विद्यार्थी र कर्मचारीमाथि हातपात गरेको उल्लेख गर्नुभएको छ ।

बिना जानकारी जबर्जस्ती डोजर ल्याएर क्याम्पसको मूल प्रवेशद्वार भत्काएर फालेको, फोकस बत्ती, प्रवेशद्वारको सिसी क्यामेरा फुटाएको, क्याम्पसको उत्तरपश्चिमको बार भत्काएको, पानी उपचार प्लान्ट भत्काएको, भूमिगत पानी ट्याङ्की एवं त्यहाँ जडित ठूलो यूरो गार्ड भत्काएको, ब्याडमिन्टन कोर्टमा क्षति पु-याएको र क्याम्पसको उत्तरी सिमानाको पूर्वदखि पश्चिमसम्मको तारबार भत्काउँदा लाखौँको क्षति पु-याएको विज्ञप्तिमा उल्लेख छ । क्याम्पस प्रशासनले घट्नाको भत्र्सना गर्दै भत्काएको संरचना पूर्ववत् अवस्थामा निर्माण गरिदिन मागसमेत गरेको छ ।

नगरपालिकाले आफ्नो दाबी गरेर भत्काएको उक्त जग्गा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको दाबी क्याम्पसको छ । जग्गाको लालपुर्जासमेत रहेको क्याम्पसले जनाएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०२१ सालको नापीमा पोखरीको डिल भनेर नक्सामा उल्लेख भएको उक्त जग्गा भाजुपोखरीको रहेकाले पुनःनिर्माण गर्न क्याम्पसका सामान्य संरचना भत्काएर सडक निर्माण गरेको बताउनुभयो ।

“नक्सामा उक्त जग्गा पोखरीको डिल उल्लेख छ, त्यो क्याम्पसको जग्गा होइन, हामीले क्याम्पसँग सहमति गर्न खोज्दा अटेर गरेपछि बाध्य भएर केही संरचना भत्काएका हौँ”, उहाँले भन्नुभयो, “पोखरी परिक्रमा गर्ने २० फिटको सडक निर्माणका लागि ठाउँ खाली गरेका हाँै, नगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरी पोखरी प्रवेशद्वारा, सडकलगायतका संरचना निर्माण गर्न लागेका छौँ, क्याम्पसको पनि सौन्दर्यता बढ्छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार