असार २६, २०८२ बिहिबार July 10, 2025

कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि प्रदर्शनी तथा कृषक मेला आयोजना गर्ने

लोगो एवं नारा सफा पानामा तयार गरि त्यसको विधुतीय प्रति [email protected] मा पठाउनु पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

असोज, १२ गते चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयलेकृषि प्रदर्शनी तथा कृषक मेला’ आयोजना गर्ने भएको छ। विश्वविद्यालयले मंसिर २९ देखि पुस ३ गतेसम्म दोश्रो कृषि प्रदर्शनी तथा कृषक मेला- २०८१ को आयोजना गर्ने भएको हो।

विश्वविद्यालयले दोश्रो कृषि प्रदर्शनी तथा कृषक मेला २०८१ को नारा एवं लोगो तयारीको लागि विद्यार्थीविच खुल्ला प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ। यसका लागि कार्तिक १३ गते सम्मको मिति तय गरेको छ भने निर्धारित समयमा विश्वविद्यालय अन्तर्गत विभिन्न तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुविच प्रतियोगिता आयोजना गरि छनोट गर्ने भएकोले विश्वविद्यालयले आवेदन समेत माग गरेको छ।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले लोगो र नारामा कृषि विश्वविद्यालय, कृषि शिक्षा, उधमशिलता, कृषिको रुपान्तरण लगायतको कुराहरु झल्किने गरीको तयार गरिएकाे छ।

लोगो एवं नारा सफा पानामा तयार गरि त्यसको विधुतीय प्रति [email protected] मा पठाउनु पर्नेछ। यसरी रचना पठाउदा आफ्नो पूर्ण नाम, अध्ययनरत स्थान, तह र मत्रान्त समेत खुलाई पठाउनु पर्ने छ।

एक विद्यार्थीले एउटा मात्र नारा वा लोगो पठाउन सक्ने छन्। छनोट हुने लोगो एवं नारा पठाउने विद्यार्थीलाई पुरस्कार स्वरूप जनही रु पाँच हजार प्रदान गरिने विश्वविद्यालयले जनाएको छ।

यस प्रतियोगितामा कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु मात्र सहभागी हुन पाउने छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार
एक लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता सुरु
२०८२ असार २६, बिहिबार