असार २५, २०८२ बुधबार July 9, 2025

शिक्षकले एक दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नुपर्ने निर्णय

कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १३ कार्तिक । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकले एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको छ। गत असोज ११ र १२ गतेको अविरल वर्षाबाट सृजित बाढी पहिरो तथा डुबानबाट जनधनको क्षति भएको र विपत्बाट प्रभावित घर परिवारलाई राहत उपलब्ध गराउने जानकारी दिँदै शिक्षकले एक दिनको तलब कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको हो।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भएको बताउँदै राष्ट्रसेवक निजामती कर्मचारीहरूको हकमा राजपत्रांकित अधिकृतहरूको २ दिन र अन्य कर्मचारीहरूको १ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुपर्ने उल्लेख छ। साथै सोही आधारमा स्वीकृत दरबन्दी र राहत अनुदानमा कार्यरत विद्यालयका शिक्षकहरूको १ दिनको तलब कोषमा जम्मा गर्न भनिएको छ ।

त्यसैगरी स्थानीय तहहरूलाई समेत उक्त निर्णय अनुसार तलब जम्मा गर्न अनुरोध गर्दै निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको छ ।

FB_IMG_1729774291257.jpg

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार