असार २०, २०८२ शुक्रबार July 4, 2025

बाढीपहिरोसँग जुध्न सरकारले लियो २० अर्ब ऋण

कुल गार्हस्थ उत्पादनको ४४ दशमलव २३ प्रतिशत ऋणमा मुलुक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल सरकारले बाढीपहिरोसँग जुध्नका लागि भन्दै विश्व बैंकसँग २० अर्ब ऋण लिएको छ । बाढीपहिरोको विपद्सँग जुध्नका लागि नेपाललाई दिने भनेर स्वीकृत भएको १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँबराबर)को ऋण सम्झौता अमेरिकामा गरिएको हो ।

विपद् प्रतिकार्यका लागि खर्च गर्न विश्व बैंकले १५ करोड अमेरिकी डलरबराबरको नीतिगत ऋण सहायता यसअघि नै स्वीकृत गरिसकेको थियो । ऋण सम्झौतामा अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंका तर्फबाट क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका छन् ।

गत ११ र १२ असोजमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको थियो । यो क्षतिपछि स्वदेशकै निजी क्षेत्रबाट अनुदान सहायता मागिरहेको सरकारलाई दातृ निकायका तर्फबाट यो ऋण स्वीकृत भएको बताइएको छ । नेपाल सरकार र विश्व बैंकले नेपालमा प्राकृतिक वा जलवायु–प्रेरित खतरा वा स्वास्थ्य आपत्कालीन अवस्थामा उपयोग गर्न सकिनेगरी आकस्मिक वित्तपोषणका सम्झौता गरिएको विश्व बैंकले जनाएको छ ।

विपद् प्रतिरोधात्मक क्षमता बढाउन र प्रभावकारी विपद् प्रतिकार्यका लागि संस्थागत संयन्त्रहरूलाई सुदृढ गर्न नीति र नियामक सुधारहरूका लागि सो ऋण सम्झौता भएको भनाइ अर्थ मन्त्रालयको रहेको छ ।

सरकारलाई प्रारम्भिक चेतावनी, सञ्चार सुधार गर्न र जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिहरू, संस्थाहरू र नियामक ढाँचाहरू निर्माण गर्न र महत्वपूर्ण पूर्वाधारहरूमा जोखिम–सूचनायुक्त लगानी, साथै सार्वजनिक स्वास्थ्य आपत्कालीनहरूका लागि तयारी बढाउन मद्दत गर्ने पनि बताइएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसियाका लागि उपाध्यक्ष मार्टिन रेसरको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतालाई क्याट डीडीओको नाम दिइएको छ । क्याट डीडीओ नेपालका लागि महत्वपूर्ण रहेको र यसले आकस्मिक वित्तपोषण प्रदान गरेर जलवायुसम्बन्धी साथै अन्य प्राकृतिक प्रकोप र स्वास्थ्यसम्बन्धी संकटहरूलाई सम्बोधन गर्न मद्दत पुग्ने दाबी गरिएको छ । यसले विशेषगरी वित्तीय दबाबका समयमा महत्वपूर्ण हुने तत्काल र लचिलो तरलता उपलब्ध गराई मुलुकको संकट तयारी, रोकथाम र प्रतिकार्यलाई अभिवृद्धि गर्ने अर्थ मन्त्रालयका सचिव घिमिरेले बताए ।

सरकारको खर्च सञ्चालनका लागि पर्याप्त बजेट नभएपछि सरकारले सार्वजनिक ऋणको आकार वृद्धि गर्दै लैजाने लक्ष्य राखेको छ । सार्वजनिक ऋणमा भर पर्नुपर्ने अवस्थाका कारण आगामी आर्थिक वर्षमा सार्वजनिक ऋण ७ दशमलव ३१ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको हो ।

सरकारले चालू आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब ऋण लिने लक्ष्य राखेको छ । जसमा आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ र बाह्य ऋण २ खर्ब १७ अर्ब रुपैयाँ छ । सरकारले आगामी आव (२०८२–८३)मा ५ खर्ब ८७ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य निर्धारण गरेको छ । जसमा बाह्य ऋण २ खर्ब ५२ अर्ब रुपैयाँ र आन्तरिक ऋण ३ खर्ब ३५ अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य सरकारले राखेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आवको असोजसम्म सरकारले १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण प्राप्त गरेको छ । जसमा आन्तरिक ऋणतर्फ १ खर्ब १५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २१ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

गत असारसम्म सार्वजनिक ऋण कुल २४ खर्ब ३४ अर्ब ९ करोड रहेकामा ८८ अर्ब ९३ करोड रुपैयाँले वृद्धि भई अहिले २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ उत्पादनको ४४ दशमलव २३ प्रतिशत हो । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार