भाद्र ११, २०८३ बिहिबार August 27, 2026

चीनमा भीषण वर्षापछि बाढी र डुवान, हालसम्म १४० जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्य र पूर्वी चीनका बस्तीहरु बाढी र डुबानले नराम्रोसँग प्रभावित भएका छन् । हालसम्म १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । केही हराइरहेका छन् ।

दसौं लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय पक्की घरहरु समेत बाढी र डुवानका कारण भत्किएका छन् । चीनमा ६ दशक यताकै भारी वर्षा भएको बताइएको छ ।

बाढीले नौ वटा प्रान्त प्रभावित भएको बताइएको छ । अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् । चिनियाँ अधिकारीहरुले देशका ३३ वटा नदीहरुमा उच्च बहाव भएको जानकारी दिएका छन् ।

चीनको स्वच्छ पानीको सबैभन्दा ठूलो ताल भनेर चिनिने पोयाङ्गका धेरै ठाउँका बाँधहरु भत्किएका छन् । त्यहाँ सैनिक परिचालन गरी अस्थायी बाँध मर्मत गरिएको छ । जसले दक्षिण–पूर्वी चीनको चियाङ्गसिङ्ग प्रान्तको लुशान शहरलाई जोगाउने आशा गरिएको छ ।

बाढी र डुबानबाट प्रभावित भएकाहरुलाई उद्धार तथा राहत पुर्‍याउन सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार