श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड फेरी अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्ड आज विहानैदेखि अवरुद्ध भएको छ । गएरातीदेखि परेको अविरल वर्षासँगै पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो ।

सिदार्थ राजमार्गको डुम्रेस्थित गौडेपुल नजिकै वर्षासँगै निरन्तर ढुङ्गासहितको पहिरो खसेको तथा सोही राजमार्गको दोभान प्रहरीचौकी नजिकै पैठेडाँडामा लेदोसहितको पहिरोका कारण राजमार्ग पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो ।

डुम्रेमा सडकदेखि करिब २ सय मिटर माथिबाट ढुङ्गा खस्ने क्रम नरोकिएको र पानी परीरहेका कारण पहिरो पन्छाउन समस्या भएको उहाँले बताउनुभयो । यस्तै दोभानमा पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएका कारण पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

केही दिन अघि पनि सोही ठाउँमा पहिरो खसेका कारण तीन दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध भएसँगै सो राजमार्ग हुँदै यात्रा गर्ने पाल्पासहित गुल्मी, स्याङ्जा, पोखरा तथा तराईका जिल्लाहरु रुपन्देही, कपिलवस्तु, नवलपरासी हुँदै राजधानी हिंडेका यात्रुहरु बिच सडकमै अलपत्र परेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार