असार २३, २०८२ सोमबार July 7, 2025

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्यो, कोरोनाका कारण २५ हजार ६०९ जनाले ज्यान गुमाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । वल्डोमिटरका अनुसार शुक्रबार बिहानसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख पाँच हजार ६३७ पुगेको छ ।

यस्तै २५ हजार ६०९ जनाले भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । विश्वमा सबैभन्दा बढी सङ्क्रमित भएका देशमध्ये अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा पुगेको छ ।

भारतमा दैनिक ३० हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमणको पुष्टि हुने गरेको छ । सङक्रमितको सङ्ख्या बढेसँगै निको हुने दर पनि बढीरहेको छ । भारतमा कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत बिरामी निको भएका छन् ।

भारतका स्वास्थ्य मन्त्री हर्सवर्दनले सङ्क्रमितमध्ये धेरैजसोमा सामान्य लक्षण भएको बताएका छन् । उनका अनुसार शून्य दशमलव ३२ प्रतिशत कोरोना सङ्क्रमितलाई भेण्टिलेटरमा राखिएको छ भने तीन प्रतिशतलाई अक्सिजनको आवश्यकता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया