श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलितः मोबाइल सेवाको नविकरणमा विभेद गरेको आरोप (पूर्ण विवरण सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।

९२ प्रतिशत सरकार र ८ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको सेयर रहेको टेलिकममा बाह्य हस्तक्षेप आन्तरिक ढिलासुस्तीका कारण समस्या उत्पन्न हुन थालेको कर्मचारीहरुको भनाइ छ ।

समयानुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यावसायिक क्षमता अभिवृद्धितर्फ समेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक संकेत देखिन थालेको नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले बताए । पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा संकुचनको अवस्था आएको र सरकारले मोबाइल सेवाको नविकरणमा विभेद गरेको उनले बताए ।

२०७६ साल माघमा नै फाेरजी सेवाको काम सक्नुपर्ने भएपनि अहिलेसम्म ६० प्रतिशत मात्रै भएको, एफटिटिएच सेवाको २ लाख १९ हजार लाइन वितरण गर्ने लक्ष्य भएपनि अहिलेसम्म ५० हजार मात्रै वितरण भएको, ठूलो रकम खर्च गरी भित्र्याएको इन्टरनेशनल ब्याण्डविथ तथा लिज लाइन पादरर्शी नबनाई निजी सेवा प्रदायकलाई पोस्ने माध्यम बनाइएको भन्दै ट्रेड युनियनमा आवद्ध कर्मचारीहरु संयुक्त संघर्ष समिति बनाएर आन्दोलित भएका हुन् ।

नविकरण दस्तुर वैज्ञानिक बनाउनुपर्ने, संस्थाको आन्तरिक सवलीकरणका लागि कम्पनी पुनरसंरचना गर्नुपर्ने र वृत्ति विकासको अवशर रहने गरी लागु गर्नुपर्ने माग उनीहरुको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार