असार २३, २०८२ सोमबार July 7, 2025

सुरक्षा गार्डको खुकुरी खोसेर गाउँपालिका अध्यक्षमाथि प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि शुक्रबार बिहान खुकुरी प्रहार भएको छ । पटके करको विषयलाई लिएर विवाद हुँदा उनीमाथि ११ः४५ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने केराबारी १० का ३२ वर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरीको अलग अलग टोली परिचालन गरिएको थियो । ठकुरीले गाउँपालिका कार्यालयका सुरक्षा गार्डको खुकुरी खोसेर कार्कीमाथि प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

केराबारी १० स्थित गाउँपालिकाको कार्यालयमा आइपुग्ने वित्तिकै सुरुमा चक्‍कु प्रहार गरेका ठकुरीले त्यसलगत्तै सुरक्षा गार्डको खुकुरी खोसेर हानेको प्रहरीले जनाएको छ । चक्‍कु उनले कहाँबाट ल्याएका थिए भन्ने खुल्न बाँकी छ । घटनामा प्रयोग गरिएको खुकुरी र चक्‍कु प्रहारीले नियन्त्रणमा लिएको छ ।

खुकुरी प्रहारबाट कार्कीको टाउकोमा दुई ठाउँ तथा हात र पेटमा चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्तपाल विराटनगर ल्याइएको छ ।

घटनामा संलग्न ठकुरीले २०७६-०७७ को असार मसान्तसम्म गाउँपालिकाको ठेक्‍का लिएका थिए । साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि सुरु भएको विवादका विषयलाई लिएर कार्कीमाथि खुकुरी प्रहार भएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार