कार्तिक २२, २०८३ आइतबार November 8, 2026

महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट

महिला र दलित समुदायका विद्यार्थीले रु पाँच हजार र अन्य विद्यार्थीले रु सात हजार पाँच सय मात्र बुझाउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

खोटाङ, २४ कात्तिक : रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

क्याम्पस व्यवस्थापन समितिले महिला र दलित विद्यार्थीलाई छुट दिने निर्णय कार्यान्वयनमा आइसकेको क्याम्पस प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो । “अन्य विद्यार्थीलाई पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

रावा क्याम्पसमा अध्ययनरत स्नातक तहका सबै विद्यार्थीले वर्षमा रु १० हजार शुल्क बुझाउनुपथ्र्याे । यस वर्षबाट महिला र दलित समुदायका विद्यार्थीले रु पाँच हजार र अन्य विद्यार्थीले रु सात हजार पाँच सय मात्र बुझाउनुपर्छ”, उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रावा क्याम्पसमा शिक्षा शास्त्र सङ्कायमा स्नातक तहको पठनपाठन भइरहेको छ । क्याम्पस व्यवस्थापन समितिको यो निर्णयले विद्यार्थी उत्साहित भएका छन् ।”

विसं २०६५ मा स्थापना भएको रावा क्याम्पसमा खोटाङसहित छिमेकी जिल्ला ओखलढुङ्गाका विद्यार्थी अध्ययनरत छन् । क्याम्पसका लागि आवश्यक कक्षाकोठा र छात्राबासको भवन भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको छ । एउटै विषयमा पठनपाठन भइरहेको रावा क्याम्पसमा पुस्तकालय, कम्प्युटर प्रयोगशालालगायत सुविधा रहेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार