असार २५, २०८२ बुधबार July 9, 2025

अज्ञात व्यक्तिद्वारा प्रधानाध्यापकमाथि गोली प्रहार

मकवानपुरको हात्ती सुने माविका प्रधानाध्यापक प्रेम लामा घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित मकवानपुरको सीमामा गोली चलेको छ ।

अज्ञात समूहले चलाएको गोली लागेर मकवानपुरको हात्ती सुने माविका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिकाको समयमा अज्ञात समूहले हेडमास्टर लामामाथि गोली प्रहार गरेका थिए ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकमा पर्ने जोगी खोलाको मुहानमा प्रधानाध्यापक लामामाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । दाहिने गालामा गोली लागेका लामालाई उपचारका लागि वीरगंज पठाएको चन्द्रपुर २१ स्थानीय बासिन्दा समिर बाबु कार्कीले जानकारी दिएका छन् ।

गोली चलेको स्थानमा अहिले प्रहरी चौकी पौराहीबाट प्रहरी सहायक निरीक्षक कुन्दन सिंहको नेतृत्वमा टोली गएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया