कार्तिक २२, २०८३ आइतबार November 8, 2026

सामुदायिक विद्यालयलाई १२ लाखको शैक्षिक सामग्री

दोस्रो चरणमा महिला, दलित, बालबालिका र पिछडिएको समुदायका नागरिकको जीवनस्तरलाई माथि उठाउन अभियान चलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, २६ कात्तिक । स्याङ्जाका विभिन्न सामुदायिक विद्यालयका छात्रछात्राहरूलाई १२ लाख बराबरको शैक्षिक सामग्री वितरण गरिने भएको छ ।

गण्डकी प्रदेशका पुर्वशिक्षा मन्त्री मेखलाल श्रेष्ठले स्याङ्जा क्षेत्र नं. १ (क) २९ वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेसनरी लगायतका सामग्रीहरूको वितरण सुरु गर्नु भएको हो । यो अभियानबाट झन्डै ३ हजार बालबालिका लाभान्वित हुने उहाँको भनाइ छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्नका लागि आफूले अभियान सुरु गरेको पूर्वमन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “म शिक्षा मन्त्री हुँदा गाँउगाँउ पुगेर सर्वसाधारण विद्यार्थीको अवस्था अध्ययन गरेको थिए त्यही आधारमा अभियान सुरु गरेको छु ।” उहाँले आफ्नो व्यक्तिगत खर्चबाट शैक्षिक सामग्री प्रदान गर्न सुरु गर्नु भएको हो।

पुतलीबजार नगरपालिका–१२ पेल्काचौरस्थित मनकामना माविबाट अभियान सुरु गर्दै श्रेष्ठले दोस्रो चरणमा महिला, दलित, बालबालिका र पिछडिएको समुदायका नागरिकको जीवनस्तरलाई माथि उठाउन अभियान चलाउने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो । पठनपाठन गरिने सुधारले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार