कार्तिक २२, २०८३ आइतबार November 8, 2026

संस्कृत विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि आवेदन माग

मंसिर ७ गतेभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २८ कार्तिक । नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।

नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट कार्तिक २७ मा स्वीकृत “नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१” बमोजिम दरखास्त आह्वान गरिएको छ ।

इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची – १ मा उल्लेख गरिएको ढाँचामा मंसिर ७ गतेभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्नुपर्ने छ । साथै दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार