रामपुर (पाल्पा), ३० कात्तिकः रामपुर नगरपालिका–४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना गरिएको छ ।
रामपुरका रामतुलसी नमूना मावि, सीताराम मावि, कालिका मावि र सहिद बहुमुखी क्याम्पसमा रु पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षयकोष स्थापना गरिएको हो ।
रामतुलसी नमूना माविमा रु दुई लाख २२ हजार दुई सय २२, सहिद बहुमुखी क्याम्पसमा रु एक लाख ११ हजार एक सय ११, सीताराम माविमा रु एक लाख ११ हजार एक सय ११ र कालिका माविमा रु एक लाख ११ हजार एक सय ११ को अक्षयकोष स्थापना गरिएको हो ।
गत असोज २४ गते २६ वर्षको उमेरमा हृदयाघातका कारण झमनको निधन भएको हो । उहाँका बुबा नरबहादुर र आमा यमकुमारी थापाले आफ्नो एकमात्र सन्तानले अध्ययन गरेको शैक्षिक संस्था तथा अन्य विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया