श्रावण ६, २०८२ मंगलबार July 22, 2025

भारतीयले उखेलेको ठोरिको सीमास्तम्भ साविककै डोबमा पुनः गाडियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल-भारतको सीमामा रहेको ४३६ नम्बरको सीमा स्तम्भ पुनः गाडिएको छ । पर्साको ठोरीस्थित सीता गुफाको माथि रहेको सीमास्तम्भ शनिबार साँझ ५ बजे तिर उखेलेर फालेको अवस्वामा फेला परेको थियो । सो सीमा स्तम्भ साविककै डोबमा शनिबार राती ९ बजे पुनः गाडिएको हो ।

शनिबार दिन भरी दुरुस्त रहेको सीमा स्तम्भ साँझ ५ बजे तिर उखेलेर फालेको अवस्थामा फेला परेको ठोरीमा रहेको शसस्त्र प्रहरीको सीमा सुरक्षा बल बोर्डर आउट पोष्टका ठारीका प्रहरी निरिक्षक दिपक दहालले बताए । ‘नेपाल- भारत दुवै देशका सीमा सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठसहितको उपस्थितिमा राती ९ बजे साविकै ठाउँमा सीमा स्तम्भ गाडिएको हो’, उनले भने ।

पहिले गाडिएकै स्थानमा पुनः गाड्ने दुवै तर्फका सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठसहितको सहमति भएपछि राती ९ बजे ४३६ नम्बरको जंगे पिलर पुनः गाडियो । भारत तर्फबाट एसएसबीका सेकेन्ड इन कमाण्डेड सहितको टोली आएको थियो ।

नेपाल तर्फबाट नेपाल प्रहरी र शसस्त्र प्रहरी ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठसहितको सम्युक्त टोलीले पहिलेकै डोबमा गाड्ने सहमति गरिएपछि समस्याको समाधान गरिएयो ।

दुवै देशको माथिल्लो निकायबाट पनि घटनास्थलको अवस्था हेरी विवाद नबढाउन आएको निर्देशनलाई सहज ढंगबाट आपसी सहमतिमा किनारा लगाइयो । ३५ नम्बर लेखिएको यो पिलर पछिल्लो समयमा सीमा स्तम्भ अध्यावधिक गर्दै जाँदा ४३६ नम्बर भएको सशस्त्रका प्रहरी निरिक्षक दहालको भनाइ छ ।

सीमा स्तम्भलाई जो कोहीले सजिलै उखेल्न फाल्न नसकोस् भनी साविककोभन्दा अलि गहिरो गरि गाड्ने प्रयास भयो । तर ठोरीमा रहेको सीता गुफा रहेको पहरोको ढुंगामाथि नै डोब खन्नु पर्ने हुँदा गहिरो डोब नभएर साविककै जतिमात्र सीमास्तम्भ गाडिएको सहभागीहरुले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार