भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

सशस्त्र प्रहरी पोस्टमाथि भारतीय समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः झापाकाे दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिका -५ को डाँगी टोलामा रहेको सशस्त्र प्रहरी पोस्टमाथि भारतीय समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन् ।

नेपाल-भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोस्टमाथि शनिबार राति ९ बजेर १५ मिनेट जाँदा झण्डै ५० जनाको घरेलु हतियारधारी समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका हुन् ।

डाँगी टोलको पिलर नम्बर १ सय ५२ को तीन सय मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोस्टमाथि एक्कासी आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गर्नुपरेको सीमा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरीक्षक (इन्सपेक्टर) साइमण श्रेष्ठले बताए । झडपमा आक्रमणकारीले भाला, खुकुरी, रड, दाउ लगायतका घरेलु हातहतियार प्रयोग गरेका थिए ।

हवाई फायरपछि आक्रमणकारी तितरबितर भएका र भारततर्फ नै भागेकाे प्रहरीले जनाएको छ । भारतीय तस्करले नेपालतर्फ मालसमान लान नपाएर प्रहरीमाथि आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यसअघि पनि झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतीय समूहले त्यसरी नै आक्रमण गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार
बल्ल परामर्शमा प्रधानमन्त्री
२०८३ भाद्र १९, शुक्रबार