श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सशस्त्र प्रहरी पोस्टमाथि भारतीय समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः झापाकाे दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिका -५ को डाँगी टोलामा रहेको सशस्त्र प्रहरी पोस्टमाथि भारतीय समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन् ।

नेपाल-भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोस्टमाथि शनिबार राति ९ बजेर १५ मिनेट जाँदा झण्डै ५० जनाको घरेलु हतियारधारी समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका हुन् ।

डाँगी टोलको पिलर नम्बर १ सय ५२ को तीन सय मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोस्टमाथि एक्कासी आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गर्नुपरेको सीमा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरीक्षक (इन्सपेक्टर) साइमण श्रेष्ठले बताए । झडपमा आक्रमणकारीले भाला, खुकुरी, रड, दाउ लगायतका घरेलु हातहतियार प्रयोग गरेका थिए ।

हवाई फायरपछि आक्रमणकारी तितरबितर भएका र भारततर्फ नै भागेकाे प्रहरीले जनाएको छ । भारतीय तस्करले नेपालतर्फ मालसमान लान नपाएर प्रहरीमाथि आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यसअघि पनि झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतीय समूहले त्यसरी नै आक्रमण गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार