असार २३, २०८२ सोमबार July 7, 2025

क्यानडाको टोरोन्टो क्षेत्रमा तेस्रो घुम्ती राहदानी सेवा सञ्चालन

क्यानडाको विभिन्न भागमा रहेका नेपाली डायस्पोराले घुम्ती सेवाबाट प्रभावकारी र सहज सेवा प्राप्त गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोरोन्टोः क्यानडाको ओट्टावास्थित नेपाली दूतावासले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न घुम्ती कन्सुलर राहदानी सेवा सञ्चालन गरेको छ । यस क्रममा टोरोन्टोमा सञ्चालित २ दिने घुम्ती सेवामा करिब ४ सय जनाले राहदानी र कन्सुलर सेवा प्राप्त गरेका छन् ।

नेपालीहरूको उल्लेख्य बसोबास रहेका क्यानडाको विभिन्न सहरमा सहज सेवा पुर्‍याउने नेपाली दूतावासको प्रयास अन्तर्गत घुम्ती सेवा सञ्चालन गरिएको क्यानडाका लागि नेपालका राजदूत भरतराज पौडेलले जानकारी दिनुभयो ।

राजदूत पौडेलका अनुसार ठुलो भूगोल रहेको क्यानडाको विभिन्न भागमा रहेका नेपाली डायस्पोराले घुम्ती सेवाबाट प्रभावकारी र सहज सेवा प्राप्त गरेका छन् । नेपाली दूतावासले धेरै नेपाली सेवाग्राही रहेका टोरोन्टो क्षेत्रमा यसै वर्ष सञ्चालन गरेको यो तेस्रो घुम्ती सेवा हो ।

यसका साथै नेपाली दूतावासले एडमण्टन, भ्याङकुभर, हलिफ्याक्स र कालग्यारीमा पनि बितेको ६ महिनामा घुम्ती सेवा सञ्चालन गरिसकेको ओट्टावास्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्यानडास्थित नेपाली दूतावासले नेपालीहरूको उल्लेख्य सङ्ख्या रहेका अन्य सहरहरूमा पनि घुम्ती सेवा सञ्चालनको तयारी गरेको जनाएको छ ।

टोरोन्टोस्थित नेपालको मानार्थ कन्सुलेट, गैह्र आवासीय नेपाली सङ्घ र एन सिसी क्यानडाको सहयोगमा टोरोन्टोमा कन्सुलर राहदानी घुम्ती सेवा सञ्चालन गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार