भाद्र ६, २०८३ शनिबार August 22, 2026

एनसेल अफर : भ्वाइस डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न पाइने

सधैं अनमा ग्राहकहरुले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ०६ मंसिर । एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

सधैं अनमा ग्राहकहरुले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन् । सेवा प्रयोग गर्दा डेटा सकियो तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्छन् । त्यसैगरी बाँकी डेटालाई पनि भ्वाइसमा रुपान्तर गर्न सकिन्छ ।

यो सुविधा सधैं अनका रु ३९९, रु ४९९ र रु ५९९ का प्याकहरुमा मान्य रहेको छ । ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन् ।

उदाहरणका लागि ग्राहकले ५० मिनेटको भ्वाइस सेवालाई १२५० एमबी डेटासँग साट्न सक्छन् । त्यसैगरी, उदाहरणका ग्राहकले लागि १ जीबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रुपान्तर गर्न सक्छन् । आफुसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशत सम्मको सेवा आफुलाई आवश्यक सेवा अनुसार साट्न सकिने सुविधा रहेको छ ।

एनसेल एप एनसेल डेटामा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन । एनसेलका ग्राहकले पहिलो पटक यो एप डाउनलोड गर्दा १ जीबी डेटा पनि निःशुल्क प्राप्त गर्दछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार
दोषीलाई कारवाही गर्न अध्यक्ष कुलमान घिसिङको माग
२०८३ भाद्र ६, शनिबार
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
२०८३ भाद्र ६, शनिबार
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल
२०८३ भाद्र ६, शनिबार