कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे ।

उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, नेपाली सेनाका उपरथी मधुकर कार्कीलगायत सहभागी रहेका थिए । स्थल सेनाध्यक्ष द्विवेदीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु
२०८३ कार्तिक २६, बिहिबार
एनपिएलमा सन्दीप लामिछानेको घातक बलिङ, ह्याट्रिकसहित ६ विकेट
२०८३ कार्तिक २६, बिहिबार
संरक्षणको अभावमा कान्तिताल
२०८३ कार्तिक २६, बिहिबार
जलवायु सङ्कट नियन्त्रणका लागि तत्काल कडा कदम चाल्न गुटेरेसको आग्रह
२०८३ कार्तिक २६, बिहिबार
अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’ आजदेखि दर्शकमाझ
२०८३ कार्तिक २६, बिहिबार
बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्ने नेपालको प्रतिबद्धता
२०८३ कार्तिक २६, बिहिबार
एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने
२०८३ कार्तिक २६, बिहिबार