कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नेपाल भ्रमण सेकर भारतीय सेनाध्यक्ष द्विवेदी स्वदेश फर्किँदै

पाँच दिने औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्किँदै भारतीय सेनाध्यक्ष द्विवेदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज स्वदेश फर्किदैछन्।

पाँच दिने औपचारिक भ्रमणमा गत बुधबार काठमाडौं आएका द्विवेदी आज स्वदेश फर्किन लागेका हुन्।

बुधबार काठमाडौं आएका द्विवेदीले सोही दिन पशुपतिनाथको दर्शन गरेका थिए। बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका द्विवेदीले सोही दिन प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता  गरेका थिए।  बिहीबार नै उनले हनुमान ढोका दरबार क्षेत्रको अवलोकनसमेत गरे।

शुक्रबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटवार्ता गरेका थिए। शनिबार उनले  मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरे।

सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजाअर्चनासहित दर्शन गरेका थिए। शनिबार नै  सेनाध्यक्ष  द्विवेदीले पोखरास्थित श्री पश्चिम पृतना मुख्यालयको भ्रमण गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु
२०८३ कार्तिक २६, बिहिबार
एनपिएलमा सन्दीप लामिछानेको घातक बलिङ, ह्याट्रिकसहित ६ विकेट
२०८३ कार्तिक २६, बिहिबार
संरक्षणको अभावमा कान्तिताल
२०८३ कार्तिक २६, बिहिबार
जलवायु सङ्कट नियन्त्रणका लागि तत्काल कडा कदम चाल्न गुटेरेसको आग्रह
२०८३ कार्तिक २६, बिहिबार
अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’ आजदेखि दर्शकमाझ
२०८३ कार्तिक २६, बिहिबार
बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्ने नेपालको प्रतिबद्धता
२०८३ कार्तिक २६, बिहिबार
एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने
२०८३ कार्तिक २६, बिहिबार