असार २५, २०८२ बुधबार July 9, 2025

अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको सूची १० दिन भित्र पठाउन त्रिविको निर्देशन

महाशाखाले नफर्किने प्राध्यापकको विवरण संकलन गरेपछि थप कारबाही गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको विवरण १० दिनभित्र उपलब्ध गराउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ ।

रेक्टर कार्यालय अन्तर्गतको समन्वय महाशाखाले डिन कार्यालय, केन्द्रीय विभाग र सम्बन्धित क्याम्पसलाई १० दिन भित्र विवरण पठाउन निर्देशन दिएको हो ।

बिहीबार त्रिविका सबै निकायमा विवरण पठाउने ढाँचासहितको पत्र पठाइएको बताइएको छ । महाशाखाले नफर्किने प्राध्यापकको विवरण संकलन गरेपछि थप कारबाही गर्ने बताएको छ ।

२०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । पछिल्लो १० वर्षमा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् । तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने तथ्यांक त्रिविसँग छैन ।

१० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम १ अर्ब ७६ करोड भन्दा धेरै हुन आउँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार