असार २४, २०८२ मंगलबार July 8, 2025

जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कैलालीको कैलारी गाउँपालिका–७ मा अपाङ्गता भएका र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

सुइटी र खौरहुवा शिव सामुदायिक वनले विद्यार्थीलाई शैक्षिक सामग्रीसहित न्यानो कपडा दिएको हो । सामुदायिक वनले अपाङ्गता भएका सुनैना चौधरी, राष्ट्रिय आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत जेहेन्दार विद्यार्थी निरुता चौधरी, सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत अनाथ विद्यार्थी दुखनी चौधरीलाई शैक्षिक सामग्री र ब्ल्याङ्केटसहित न्यानो कपडा दिइएको छ ।

यसैगरी, बागेश्वरी बालविकास केन्द्रमा अध्ययनरत जेहेन्दार छात्रा स्मृति चौधरीसहित सामान्य परिवारका १५ जना विद्यार्थीलाई समेत शैक्षिक सामग्री प्रदान गरेको स्थानीय जीयाराम चौधरीले जानकारी दिनुभयो ।

छटकपुर बसन्तामा आयोजित एक कार्यक्रमबिच सुदूरपश्चिमका पूर्वमन्त्री घनश्याम चौधरीले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री दिएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार