भाद्र ६, २०८३ शनिबार August 22, 2026

टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो

नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्त्वपूर्ण कदम चालेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका ६ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरुन्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् ।

काठमाडौँमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो । कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन) बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूह समेत छुट्याइएको प्रस्तुतकर्ता जलिलले बताए । टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्नेलगायत निर्देशिका टिकटकले निर्धारण गरेको छ । यद्यपि प्रयोगकर्ताको सामाजिक सञ्जालको सही सदुपयोग गर्नेबारे चेतनाको अभावका कारण गाइडलाइनको सही पालना नभएको उनले सुनाए ।

त्यस्तै कार्यक्रममा दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोक्ताकिनले डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्द्धनमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्ध रहेको बताए । उनले विशेष गरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षामा निश्चित ‘गाइडलाइन’ बनाएको जानकारी दिए । नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्त्वपूर्ण कदम चालेको बताउँदै उनले टिकटक प्रयोगकर्ताको सुरक्षामा विशेष चासो रहेको समेत सुनाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार
दोषीलाई कारवाही गर्न अध्यक्ष कुलमान घिसिङको माग
२०८३ भाद्र ६, शनिबार
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
२०८३ भाद्र ६, शनिबार
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल
२०८३ भाद्र ६, शनिबार