कामठाडौं । त्रिभूवन विश्वविद्यालयले मंसिर २७ गते नीति अधिवेशन (सिनेट) बोलाएको छ ।
त्रिविमा बर्खे र हिउँदे गरी वर्षमा दुई सभा बस्नुपर्ने व्यवस्था छ । सोही आधारमा त्रिविले हिउँदे अधिवेशन बोलाएको हो । यस अघि गत साउन १५ गते बसेको त्रिवि सभा (सिनेट)मा नीतिबारे छलफल हुन सकेको थिएन ।
त्रिविको हिउँदे अधिवेशनका नामले समेत चिनिएको नीति अधिवेशनले महत्त्वपूर्ण निर्णयहरू पारित गर्ने सूचनामा उल्लेख छ । त्रिविले यस विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया