भाद्र ६, २०८३ शनिबार August 22, 2026

एनपिएल क्रिकेट लक्षित सामसङको नयाँ टिभी अफर

आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपियल)को ऐतिहासिक पहिलो सिजन सुरु भएसँगै धेरै नेपाली क्रिकेट फ्यानहरूले आफ्नो मनपर्ने टोलीहरूको समर्थनमा गएर ‘चियर’ गरिरहेका छन् भने धेरैले आफ्नो घरबाटै लाइभ हेरिरहेका छन् ।

त्यस्ता दर्शकहरुलाई लक्षित गर्दै सामसङ नेपालले अझ ठुलो स्क्रिनमा खेलको मनोरञ्जन लिन आफ्नो नवीनतम टिभीहरूमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर ल्याएको छ ।

यस अफरमा क्युएलईडी टिभी, क्रिस्टल युएचडी ४के टिभीहरू र एफएचडी टिभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ । अफरअनुसार ग्राहकहरूलाई १२ महिनाको अवधिमा ० प्रतिशत ब्याज दरमा आफ्नो मनपर्ने टिभीहरू सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा—फाइनान्स सेवा समावेश छ । यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन् ।

एक्सचेन्ज पार्टनर आर्कोस्टोरद्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ । १६ पुष, २०८१ सम्म मान्य रहने यो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार
दोषीलाई कारवाही गर्न अध्यक्ष कुलमान घिसिङको माग
२०८३ भाद्र ६, शनिबार
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
२०८३ भाद्र ६, शनिबार
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल
२०८३ भाद्र ६, शनिबार