असार २४, २०८२ मंगलबार July 8, 2025

शिक्षकको तलब भत्ता मासिक रूपमा खुवाउन सबै पालिकामा पत्राचार

शिक्षकलाई अबदेखि हरेक महिना तलब दिने निर्णय मंसिर १७ गतेको मन्त्रिपरिषदबाट स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शिक्षकहरुलाई हरेक महिना मासिक तलब भुक्तानी गर्न ७५३ वटै पालिकामा परिपत्र गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकामा बिहीबार पत्राचार गर्दै शिक्षकको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न भनेको हो।

यसअघि चौमासिक रुपमा तलब भत्ता पाउँदै आएका शिक्षकलाई अबदेखि हरेक महिना तलब दिने निर्णय मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो।

‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थाबाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा कार्यार्थ पठाइएको छ’, सामान्य प्रशासन मन्त्रालयको परिपत्रमा भनिएको छ।

त्यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई शिक्षकको तलब भत्ता मासिक भुक्तानीका लागि सबै पालिकामा पत्राचार गरिदिन भनेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार