मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

भरतपुर अस्पतालमा योग

बिहान ७ बजेदेखि ९ः३० बजेसम्म योग कक्षा सञ्चालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
चितवन, २१ मङ्सिरः यहाँको भरतपुर अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई उपचारसँगै योग कक्षा सञ्चालनमा ल्याइएको छ । मङ्सिर ७ गतेदेखि अस्पतालले योग कक्षा सञ्चालनमा ल्याएको हो ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा भर्ना भएका बिरामी र तीनका आफन्तहरूलाई योग, प्रणायम, योगासन र मेरिटेसनका कक्षा सञ्चालन भइरहेका छन् । बिहान ७ बजेदेखि ९ः३० बजेसम्म योग कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
अहिले दैनिक २० देखि २५ जनाले यो कक्षामा सहभागिता जनाउने गरेका प्रवक्ता डा सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा उपचारका लागि लामो समयसम्म बस्नुपर्ने बिरामी र कुरुवालाई लक्षित गरी निःशुल्क रूपमा यो सेवा दिइएको हो ।”
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्ण पौडेलले योग कक्षा बिरामी र बिरामीका आफन्तलाई मात्रै नभएर बिस्तारै कर्मचारीहरूलाई पनि दिइने बताउनुभयो । सुरुआतमा मेडिकल वार्डका बिरामीलाई योग कक्षामा जोडिएको भन्दै उहाँले बिस्तारै शल्यक्रिया गरेकाबाहेक अन्य बिरामी र तीनका आफन्तलाई पनि जोड्ने बताउनुभयो ।
मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलले भन्नुभयो, “उपचार भनेको सुई लगाउने र औषधि खुवाउने मात्रै नभएर यसमा योग र नियमित व्यायाम पनि पर्दछन् ।” योगले मानिसलाई फूर्तिलो बनाउने र उपचारमा समेत सहयोगी बन्ने उहाँले बताउनुभयो । अस्पतालको बसाई छोटो बनाउन पनि योग आवश्यक हुने उहाँको भनाइ छ ।
अहिले अस्पतालले निःशुल्क नाम दर्ता र कक्षा सञ्चालन गर्दै आएको छ । डा पौडेलले भन्नुभयो, “अस्पतालका कर्मचारी एक जना योग सिकेर आउनुभएको छ । अहिले उहाँले कक्षा सञ्चालन गर्दै हुनुहुन्छ ।” बिस्तारै आयुर्वेद अस्पताल, पतञ्जली जस्ता संस्थासँग जोडिएर यस्ता कक्षाहरू नियमित रूपमा सञ्चालन गरिने उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका : अध्यक्ष लिङ्देन
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकाबाट निष्कासित दुई महिलासहित २५ आप्रवासी लाइबेरिया पुगे
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार
Prime Minister Shah Heads to India for Talks with Narendra Modi
२०८३ मंग्सिर ६, आइतबार
एसियन राइजिङ स्टार्स प्रतियोगिता : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
२०८३ मंग्सिर ६, आइतबार