श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अस्मिताको “जाऊ हिँड पोखरा” मा मुकुन्द र सरिताको रोमान्स (भिडियो)

रोमान्टिक शैलीको "जाऊ हिँड पोखरा" सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रोमान्टिक शैलीको नयाँ गीत “जाऊ हिँड पोखरा” सार्वजनिक भएको छ। गीतले पोखराको अनुपम प्राकृतिक सुन्दरताको वर्णन गर्दै प्रेम र जीवनशैलीलाई समेटेको छ।

यस गीतमा गायक मुकुन्द त्रिपाठी र अस्मिता अधिकारीले स्वर दिएका छन्। शब्द, संगीत, र निर्देशन मुकुन्द त्रिपाठीकै रहेको  यो सिर्जना नेपाली सांगीतिक बजारमा एउटा रोचक प्रस्तुति हो। एरेन्जर राजु सुनाम र मिक्सिङ  बिनोद परियारले यो गीतलाई प्राविधिक हिसाबले उत्कृष्ट बनाएका छन्।

भिडियोमा गायक मुकुन्द त्रिपाठीसँगै सरिता दनकुटी र अनुभव त्रिपाठीको  अभिनय रहेको छ। सिनेमाटोग्राफी सुबास सुबेदीले गरेका छन् भने सम्पादन र कलरिङ सुबास अम्गाईले गरेका छन्। भिडियोमा युमी बलामीको कोरियोग्राफी रहेको छ।

“जाऊ हिँड पोखरा”मा मुकुन्द र सरिताको रोमान्स ( भिडियो )दुर्गा न्यौपाने त्रिपाठीद्वारा प्रस्तुत यो गीत मुकुन्द त्रिपाठीको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो। गीतले सांगीतिक प्रेमीहरूको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया