कार्तिक ११, २०८३ बुधबार October 28, 2026

चलचित्र ‘पिआर’ को फस्ट लुक सार्वजनिक

चलचित्रका लागि अस्ट्रेलियामा कलाकार तथा प्राविधिकको छनोट हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर २५ गते । चलचित्र ‘पिआर’ को फस्ट लुक सार्वजनिक गरिएको छ । आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नीको प्रस्तुति रहेको चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्ने हुनुभएको छ ।

चलचित्रको छायाङ्कन अस्ट्रेलियाका विभिन्न सहरमा हुने निर्माण पक्षले जनाएको छ । चलचित्रका लागि अस्ट्रेलियामा कलाकार तथा प्राविधिकको छनोट भइरहेको छ । सन् २०२५ को सुरुवातसम्ममा छायाङ्कन सुरु हुने निर्माण पक्षले जनाएको छ ।

फस्ट लुकमा हातमा सुटकेस बोकेर अस्ट्रेलिया आउन लागेको एक व्यक्ति देखिएका छन् । व्यक्तिलाई आधा महिला र आधा पुरुष रूपमा चित्रित गरिएको छ ।

महिलाको भागमा नेपालको झन्डा र पुरुषको भागमा कोटसहितको पश्चिमा पहिरन देखाइएको छ । त्यस्तै पोस्टरमा उडिरहेको हवाईजहाज पनि देखाइएको छ । जसले अस्ट्रेलियामा पुगेर नेपालीले स्थायी आवासीय प्रमाणपत्र (पिआर) का लागि गर्ने सङ्घर्षको कथामा चलचित्र बन्न लागेको इङ्गित गर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार