मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै

कूल स्वास्थ्य खर्चमा ९सन् २०२०० गोजीबाट भएको खर्च प्रतिशत ५४ दशमलव एक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस ‘नागरिकको स्वास्थ्य: राज्यको दायित्व’ भन्ने नारासहित विश्वभर मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर १२ तारिखमा स्वास्थ्यमा सर्वव्यापी पहुँच (युनिभर्सल हेल्थ कभरेज डे) दिवस मनाइन्छ ।

स्वास्थ्यमा सर्वव्यापी पहुँचको लक्ष्य भन्नाले सबै व्यक्तिले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा आर्थिक कठिनाइको सामना नगरी प्राप्त गर्ने अवस्थाको सुनिश्चितता गर्नु हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै यो दिवस सबैका लागि स्वास्थ्यमा लगानी गर्न र विशेष गरी कमजोर आर्थिक अवस्था भएकालाई स्वास्थ्य खर्चका कारण गरिबीमा पर्नबाट बचाउन पैरवी गर्ने महत्वपूर्ण अवसरका रूपमा रहेको जनाएको छ ।

स्वास्थ्यमा सर्वव्यापी पहुँचले प्रवर्द्धनात्मक, निवारणात्मक, उपचारात्मकदेखि प्रशासक सेवासम्मका अत्यावश्यक स्वास्थ्य सेवाको पूर्ण निरन्तरता दिनुपर्ने विषयलाई समेट्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘स्वास्थ्यमा सर्वव्यापी पहुँच’ दिगो विकास एजेण्डा सन् २०३० ‘कसैलाई पछि नछाडौँ’ भन्ने मूल प्रतिबद्धता अनुरूप रहेको मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले अझै पनि चार दशमलव पाँच अर्ब मानिसले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न नसकेका र दुई अर्ब मानिस स्वास्थ्य उपचारका कारण हुने खर्चले गर्दा आर्थिक कठिनाइको सामना गरिरहेको बताउँछ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यो दिवसले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र आर्थिक कठिनाइ हुनबाट जोगाउन विश्वभरका सरकारलाई विभिन्न कदम चाल्न दिवसमार्फत आह्वान गरेको बताउनुभयो ।

उहाँले स्वास्थ्यमा सर्वव्यापी पहुँच र वित्तीय सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्ने, स्वास्थ्यमा हुने खर्चका कारण गरिबीमा पर्नबाट जोगाउने कानुन निर्माण र कार्यान्वयन गर्ने, आवश्यक स्वास्थ्य सेवाको किफायती व्यवस्थाका लागि पर्याप्त बजेट छुटाउनेलगायत विशेष गरी कम आय भएका वा दीर्घकालीन रोग भएका व्यक्तिका लागि सेवा शुल्क घटाउने वा हटाउने भन्ने विषयमा पैरवी आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यसका लागि सरकारले आधारभूत स्वास्थ्य केन्द्र तथा अस्पतालको भवन निर्माण, सेवा विस्तार, औषधि एवं उपकरणको उपलब्धता तथा सेवा विस्तार, सुरक्षित प्रसूति प्रोत्साहन योजना, सामाजिक स्वास्थ्य बिमा, विद्यालय स्वास्थ्य नर्स कार्यक्रमलगायत नागरिक आरोग्य कार्यक्रम गर्दै आएको प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो ।

सन् २०२१ मा नेपालको स्वास्थ्यमा सर्वव्यापी पहुँचअन्तर्गतको सेवा पहुँच सूचकाङ्क ९दिगो विकास लक्ष्य० ५४ प्रतिशत रहेको छ । उक्त तथ्याङ्कले विगतका वर्षयता क्रमिक सुधार हुँदै गएको देखाउँछ । कूल स्वास्थ्य खर्चमा ९सन् २०२०० गोजीबाट भएको खर्च प्रतिशत ५४ दशमलव एक रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका : अध्यक्ष लिङ्देन
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकाबाट निष्कासित दुई महिलासहित २५ आप्रवासी लाइबेरिया पुगे
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार
Prime Minister Shah Heads to India for Talks with Narendra Modi
२०८३ मंग्सिर ६, आइतबार
एसियन राइजिङ स्टार्स प्रतियोगिता : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
२०८३ मंग्सिर ६, आइतबार