असार २८, २०८२ शनिबार July 12, 2025

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

एम्बुलेन्स सेवाको दुरुपयोग भएको प्रमाणित भएमा सचेत गराउनेदेखि निलम्बन र खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोग सम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यदि कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गर्नुभयो । त्यस्ता सूचना प्राप्त भएमा यस मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बर: ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स (ट्विटर), मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने उहाँले जानकारी गराउनुभयो ।

आज स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल देशका विभिन्न स्थानमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासो प्राप्त भइरहेको उल्लेख गरेको छ । प्रवक्ता डा बुढाथोकीले भन्नुभयो, “एम्बुलेन्स दुरुपयोग रोक्न मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ, राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ अनुसार एम्बुलेन्स सेवाको दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित एम्बुलेन्सलाई सचेत गराउनेदेखि निलम्बन र खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ ।”

विज्ञप्तिमा भनिएको छ, “देशभर सञ्चालित एम्बुलेन्सलाई एकद्वार प्रणालीमार्फत छिटो र छरितो रूपमा सञ्चालन गरी बिरामी घाइतेलाई अस्पतालसम्म पु¥याइ नागरिकलाई सहज र सरल आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा सञ्चालनमा रहेको छ ।”

डा बुढाथोकीले मन्त्रालयबाट एम्बुलेन्स निर्देशिकामा कार्यान्वयनमा रहेको र उक्त निर्देशिका बमोजिम मापदण्ड पूरा गर्ने एम्बुलेन्स र स्वास्थ्य संस्थालाई मात्र दर्ता र सञ्चालन अनुमति दिने र राजस्व छुटका लागि सिफारिस गर्ने भइरहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार