असार २८, २०८२ शनिबार July 12, 2025

भारतको अस्पतालमा आगलागी : छ जनाको मृत्यु

आगलागीमा दुई दर्जनभन्दा बढी घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, मङ्सिर २८ गते । दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य हो । दक्षिणी राज्य तमिलनाडुमा बिहीबार राति आगलागी भएको थियो र यसको कारणबारे अझै अनुसन्धान भइरहेको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दिन्डिगुल सहरको अस्पतालमा लिफ्टभित्र सबै छ जना पीडित बेहोस अवस्थामा फेला परेका थिए । प्रहरी अधीक्षक ए प्रदीपले करिब ३० जना घाइते भएको तर सबैको अवस्था ‘स्थिर’ रहेको बताउनुभयो ।

टाइम्स अफ इन्डियाका अनुसार आगो भुइँतलाको रिसेप्शन क्षेत्रमा सुरु भयो र द्रुतगतिमा अन्य तलाहरूमा फैलियो । उत्तरी राज्य उत्तर प्रदेशको अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको केही हप्तापछि यो आगलागी भएको हो ।

यसै वर्षको सुरुमा नयाँदिल्लीको एउटा बाल अस्पतालमा यस्तै आगलागीमा छ जना शिशुको मृत्यु भएको थियो । मे महिनामा गुजरात राज्यको एउटा भरिएको मनोरञ्जन पार्क आर्केडमा आगलागी हुँदा केही बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार