असार २५, २०८२ बुधबार July 9, 2025

नेपाली शिक्षा परिषद्को अध्यक्षमा पुनः रमा शर्मा

साहित्यकार रमा शर्मालाई पुनः अर्को तीन वर्षका लागि प्रबन्ध समितिको अध्यक्षमा सर्वसम्मत चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। बितेको ७३ वर्षदेखि निरन्तर सक्रिय संस्था नेपाली शिक्षा परिषद्को साधारण सभा सम्पन्न भएको छ।

शुक्रबार काठमाडौंस्थित परिषद् (लेखनाथ साहित्य सदन)को सभाकक्षमा आयोजित साधारण सभाले साहित्यकार रमा शर्मालाई पुनः अर्को तीन वर्षका लागि प्रबन्ध समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ।

सभाले सदस्यसचिवमा लक्ष्मण थापा, कोषाध्यक्षमा शंकरप्रसाद पाण्डे र सदस्यहरूमा डा. इन्दिरा शर्मा, किरण थापा, डा. बमबहादुर थापा जिताली र रमेश खकुरेललाई सर्वसम्मत चयन गरेको छ।

साधारण सभामा सदस्यसचिवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । दुवै प्रतिवेदन सभाले पारित गरेको छ।
परिषद्की अध्यक्ष रमा शर्माले नेपाली शिक्षा परिषद्को विगत र त्यसले गरेको कामको चर्चा गर्दै आफूहरूले अझै पनि धेरै काम गर्न बाँकी रहेको बताइन्।

वि.सं. २००८ सालमा स्थापित परिषद्ले हरेक वर्ष आदिकवि भानुभक्त पुरस्कार, गोपाल पाँडे असीम पुरस्कार र लेखनाथ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार