असार २८, २०८२ शनिबार July 12, 2025

स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन

अस्पताल भवन निर्माण सम्पन्न भएसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले म्याग्देमा निर्माण गरिएको दश शय्याको अस्पताल भवनको आज उद्घाटन गर्नुभएको छ ।

प्रत्येक स्थानीय तहमा १० शय्याको अस्पताल निर्माण गर्ने सङ्घ सरकारको निर्णय बमोजिम म्याग्दे गाउँपालिका–४ थर्पुमा निर्माण गरिएको भवनको मन्त्री पौडेलले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा पूर्वप्रतिनिधिसभा सदस्य केदार सिग्देल, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो । अस्पताल भवन निर्माण सम्पन्न भएसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार अस्पतालमा एक जना करारमा डा नियुक्त गरिएको छ । त्यस्तै दुई जना ल्यावमा कर्मचारी नियुक्त गरिसकिएको छ ।

रु सात करोड ३४ लाख ५० हजार एक सय ९६ को लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि विसं २०७८ जेठ २ गते ऋषि शक्ति होम निर्माण जेभीसँग सम्झौता भएको थियो । उक्त भवन विसं २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद रहेपनि विविध कारणले काममा ढिलाइ भएको अधिकारीले जानकारी दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार