श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सङ्घीयतालाई बलियो बनाउन सञ्चारकर्मीले कलम चलाउनुपर्छ : नेता निधि

राज्यलाई सकारात्मक रूपमा मुलुक बनाउने कार्यमा अझ बढी जिम्मेवारी बनाउन खबरदारी गर्न जरुरी रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले लोकतन्त्र र सञ्चार एक अर्काको पूरक भएकाले लोकतन्त्रविना स्वतन्त्र सञ्चारको कल्पना गर्न कठिन हुने बताउनुभएको छ ।

पूर्व उपप्रधानमन्त्री निधिले नेपाल पत्रकार महासङ्घ धनुषाको निर्वाचनमा नव निर्वाचित पदाधिकारीहरूलाई आफ्नो जनकपुरधामस्थित निवासमा आज सम्मान गर्दै नेपालको हरेक परिवर्तनमा सञ्चारकर्मीको अहम् भूमिका रहेकाले परिवर्तनलाई संस्थागत गर्नका लागि पनि कलम चलाउन आग्रह गर्नुभयो ।

उहाँले राज्यलाई सकारात्मक रूपमा मुलुक बनाउने कार्यमा अझ बढी जिम्मेवारी बनाउन खबरदारी गर्न जरुरी रहेको बताउनुभयो ।

काँग्रेसका नेता निधिले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझ बढी मजबुत बनाउनका लागि सञ्चारकर्मीहरूको पनि ठुलो जिम्मेवारी रहेको भन्नुहुँदै यसको अभ्यासमा भएको कमी कमजोरीको विषयमा कलम चलाइदिन आग्रह गर्नुभयो ।

उहाँले काँग्रेस जहिले पनि स्वतन्त्र सञ्चारको पक्षमा रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार