श्रावण १९, २०८३ मंगलबार August 4, 2026

के-पप गायिका डिजे एन-ए-सङलाई ८ वर्षको जेल सजाय

पुनरावेदन र पीडित परिवारसँगको सम्झौतापछि डिसेम्बर १० मा त्यहाँको सर्वोच्च अदालतले आठ वर्ष सजायको फैसला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । डीजे येसोङ र के-पप समूह इन्स्टारकी गायिका तथा डिजे एन–ए–सङ(Ahn Ye Song)लाई ८ वर्षको जेल सजाय सुनाइएको छ ।

आफूले चलाएको गाडीको ठक्करबाट एक डेलिभरी कर्मचारीको मृत्यु भएको घटनामा उनलाई जेल सजाय सुनाइएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएको छ ।

घटना फेब्रूअरी २०२४ मा सियोलको गंगनम जिल्लामा भएको थियो । जसक्रममा ५० वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

सुरुमा सङलाई दश वर्षको जेल सजाय सुनाइएको थियो । तर, पुनरावेदन र पीडित परिवारसँगको सम्झौतापछि डिसेम्बर १० मा त्यहाँको सर्वोच्च अदालतले आठ वर्ष सजायको फैसला सुनाएको हो ।

२४ वर्षीया ए–सङका वकिलले गायिकाले अभियोग स्वीकारेकी छन् । उनले भनिन्, “त्यतिबेला कामको अभावले गर्दा म गम्भीर आर्थिक कठिनाइको सामना गरिरहेको थिएँ र मद्यपान गर्न अस्वीकार गर्न नसक्ने जमघटमा उपस्थित हुन दबाबमा थिएँ । यसले दुर्भाग्यपूर्ण त्रासदीको निम्त्यायो । र म आफ्नो कार्यप्रति गहिरो पश्चाताप गर्छु ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया