कार्तिक ११, २०८३ बुधबार October 28, 2026

के-पप गायिका डिजे एन-ए-सङलाई ८ वर्षको जेल सजाय

पुनरावेदन र पीडित परिवारसँगको सम्झौतापछि डिसेम्बर १० मा त्यहाँको सर्वोच्च अदालतले आठ वर्ष सजायको फैसला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । डीजे येसोङ र के-पप समूह इन्स्टारकी गायिका तथा डिजे एन–ए–सङ(Ahn Ye Song)लाई ८ वर्षको जेल सजाय सुनाइएको छ ।

आफूले चलाएको गाडीको ठक्करबाट एक डेलिभरी कर्मचारीको मृत्यु भएको घटनामा उनलाई जेल सजाय सुनाइएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएको छ ।

घटना फेब्रूअरी २०२४ मा सियोलको गंगनम जिल्लामा भएको थियो । जसक्रममा ५० वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

सुरुमा सङलाई दश वर्षको जेल सजाय सुनाइएको थियो । तर, पुनरावेदन र पीडित परिवारसँगको सम्झौतापछि डिसेम्बर १० मा त्यहाँको सर्वोच्च अदालतले आठ वर्ष सजायको फैसला सुनाएको हो ।

२४ वर्षीया ए–सङका वकिलले गायिकाले अभियोग स्वीकारेकी छन् । उनले भनिन्, “त्यतिबेला कामको अभावले गर्दा म गम्भीर आर्थिक कठिनाइको सामना गरिरहेको थिएँ र मद्यपान गर्न अस्वीकार गर्न नसक्ने जमघटमा उपस्थित हुन दबाबमा थिएँ । यसले दुर्भाग्यपूर्ण त्रासदीको निम्त्यायो । र म आफ्नो कार्यप्रति गहिरो पश्चाताप गर्छु ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार