श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त

अध्यक्ष डा. विष्टद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस १ गते । सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त हुनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सोमबार मन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा विष्ट नियुक्तिसँगै शपथ ग्रहण गर्नुभएको छ ।

गत शुक्रबार बसेको मन्त्री परिषदको बैठकले डा. विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा विष्ट यसअघि पनि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो । नेपाल टेलिभिजन र रेडियो नेपाल व्यवस्थापन गर्न सरकारले केही महिनाअघि सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो । उक्त ऐनबमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा विष्टलाई नियुक्ति हुनुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया