कार्तिक ११, २०८३ बुधबार October 28, 2026

विश्व प्रसिद्ध तबलावादक जाकिर हुसेन रहेनन्

७३ वर्षको उमेरमा इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस नामक रोगको उपचारको क्रममा निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, पुस २ गते । विश्व प्रसिद्ध भारतीय तबलावादक उस्ताद जाकिर हुसेनको सोमबार बिहान निधन भएको छ। विश्व प्रतिष्ठित ग्रामी अवार्ड विजेता समेत रहेका उनको ७३ वर्षको उमेरमा इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस नामक रोगको उपचारको क्रममा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

दुई साताअघि अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा भर्ना भएका उनको अवस्था थप बिग्रिएपछि आईसीयूमा राखिएको थियो। सन् १९५१ मार्च ९ मा मुम्बईमा जन्मिएका हुसेन सानैदेखि तबलावादनमा रुचि राख्ने गर्थे। उनका पिता उस्ताद अल्लारख्खा कुरैशी पनि तबलावादक थिए।

उनले केवल ११ वर्षको उमेरमा अमेरिकामा कन्सर्ट गरेका थिए भने १९७३ मा पहिलो एल्बम निकालेका थिए। तबलावादनमा जादु छर्दै सफलता र लोकप्रियताको शिखर चुमेका उनले सन् १९८८ मा पद्मश्री, २००२ मा पद्म भूषण र २०२३ मा पद्म विभूषणजस्ता पुरस्कारबाट पुरस्कृत भएका थिए।

हुसेन आफ्नो करिअरमा चारपटक ग्रामी अवार्डबाट सम्मानित भएका थिए। उनी आफ्नो अद्वितीय तबलावादन कलाबाट विश्वभरका संगीतप्रेमीमाझ लोकप्रिय भएका थिए। उनले कथ्थक डान्सर, प्रशिक्षक एवम् आफ्नो म्यानेजर एन्टोनिया मिनेकोलाका साथ विवाह गरेका थिए। उनीहरूको दुई छोरीहरू रहेका छन्। उनको निधनपछि भारतीय राजनीतिज्ञ, सेलिब्रेटी एवम् फ्यानहरूले शोक व्यक्त गरिहेका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार