असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिविका कर्मचारीहरूद्धारा उपकुलपति (भीसी) कार्यालय अगाडि धर्ना

कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सेवा सुविधाको माग राखेर आन्दोलनरत त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कर्मचारीहरूले उपकुलपति (भीसी) कार्यालय अगाडि धर्ना दिएका छन् ।

५ गतेसम्म नियमित १ घण्टा धर्ना दिने त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले बताए । कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग कर्मचारीहरुको छ । नेपाल स्वास्थ्य सेवा ऐन अनुसार त्रिभुवन विश्वविद्यायमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्वि गर्नुपर्ने, रिक्त दरबन्दीमा विज्ञापन खुलाउनु पर्ने माग पनि कर्मचारीको छ ।

लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको एक तह पदोन्नती गर्नुपर्ने, संचित विशेष तलवी बिदा रकम सेवा निवृत्त हुँदा सम्पूर्ण कर्मचारीले पाउने व्यवस्था गर्नुपर्ने, विगतमा खोसिएका सेवा सुविधा दिनुपर्ने र ज्यामी, ज्यालादारी कर्मचारीको समस्या समाधान गरी सेवा सुनिश्चित गर्नुपर्ने माग कर्मचारीहरुले राखेका छन् ।

‘कर्मचारीको माग सिनेटमा प्रस्तुत भएको छ । कार्यान्वयन नभएपछि आन्दोलनमा आउनु परेको हो । कर्मचारीको हितमा रहेको माग पूरा हुनुपर्छ,’ त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले भने ।

यसअघि २७ मंसिरमा त्रिविको सभामा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुँदा पनि कर्मचारीहरूले नाराबाजी गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार