श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन

अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २ पुसः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ ।

सचिवालयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने व्यवस्था गरिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधनका लागि सुझाव सङ्कलनसहित प्रतिवेदन पेस गर्न नेता प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ । कार्यदल सदस्यमा राजन राई, बलदेव चौधरी, गरिमा साह, गणेश विक, रामचन्द्र यादव र घनप्रसाद गौतम हुनुहुन्छ ।

यस्तै, बैठकले पार्टीलाई जनतासँग जोड्नका लागि जनसङ्घर्षका अभियान सञ्चालन गर्ने र पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ । बैठकले पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको र आगामी निर्वाचनमा देशभर एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको सचिव पाण्डेले बताउनुभयो । कार्ययोजनामा आगामी दिनमा सैद्धान्तिक, वैचारिक र साङ्गठनिक कामलाई तीव्रता दिने उल्लेख छ ।

बैठकले राष्ट्रिय ‘एजेन्डा’मा सबै दलसँग सहकार्य गर्ने र तत्काल कुनै पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ ।

नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनका लागि तल्लो तहदेखि नै सुझाव सङ्कलन गरी आएका सुझावलाई अध्ययन गरी टुङ्ग्याउने निर्णय गरिएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार