श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सामाजिक सञ्जालहरूमा फैलाइएको अफवाहसँग सचेत रहन टेलिकमको आग्रह

आधिकारिक ब्लुटिकसहितको फेसबुक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचनालाई मात्रै आधिकारिक मान्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं। नेपाल टेलिकमले सामाजिक सञ्जालहरूमा फैलाइएको विभिन्न अफवाहसँग सचेत रहन आग्रह गरेको छ।

क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पाँच हजारसम्मको नगद तथा उपहारको व्यवस्था भएको भनेर नेपाल टेलिकमको आधिकारिक लोगोसमेत प्रयोग गरी अफवाह फैलाएको उल्लेख गर्दै टेलिकमले सचेत रहन आग्रह गरेको छ।

विभिन्न फेसबूक ग्रुप र म्यासेन्जरलगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकाले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ, बुधबार टेलिकमले सूचना जारी गर्दै भनेको छ।

टेलिकमले कम्पनीको आधिकारिक ब्लुटिकसहितको फेसबुक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचनालाई मात्रै आधिकारिक मान्न पनि आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया