कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

‘हनी ट्र्याप’ प्रकरणकी आरोपित निलम्बित प्रहरी निरीक्षक शाही अदालतमा हाजिर

निलम्बित प्रहरी निरीक्षक शाही अदालतमा उपस्थित भएको उनी उपस्थित भएसँगै आजैबाट थुनछेक बहस सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । ‘हनी ट्र्याप’ प्रकरणमा रकम असुली गरेको आरोप लागेकी निलम्बित प्रहरी निरीक्षक बिनुकुमारी शाही आज आइतबार ललितपुर जिल्ला अदालतमा हाजिर भएकी छन् । अदालतका प्रवक्ता राम सजिवन महतोले निलम्बित प्रहरी निरीक्षक शाही अदालतमा उपस्थित भएको उनी उपस्थित भएसँगै आजैबाट थुनछेक बहस सुरु हुने बताए ।

प्रहरी प्रभाग भैँसेपाटीको इन्चार्ज रहेका बेला ‘हनी ट्र्याप’को माध्यमबाट रकम असुली गरेको आरोप उनीमाथि लागेको थियो । यसै प्रकरणमा जिल्ला अदालत ललितपुरले यस अघि ताजमूल इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

त्यस्तै, प्रहरी हवल्दार महेन्द्र हमाललाई तारेखमा र सुस्मा विकलाई दुई लाख रुपैयाँ धरौटीमा र भीमादेवी थापालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको थियो । निलम्बित शाही र अर्का एक जना पुरुष दर्शन पोखरेल फरार रहेका थिए । यो प्रकरणमा उनीहरूमाथि मिलेमतोमा एक व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको थियो ।

घटनाबारेमा ललितपुर प्रहरी परिसरका डिएसपी नरहरि अधिकारीको नेतृत्वमा प्रारम्भिक छानबिन भएको थियो । उक्त समितिले शाहीमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो । थप अनुसन्धानका लागि मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो
२०८३ कार्तिक २६, बिहिबार
चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण
२०८३ कार्तिक २६, बिहिबार
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी जेलमुक्त
२०८३ कार्तिक २६, बिहिबार
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार