भाद्र १३, २०८३ शनिबार August 29, 2026

सडकमा सुतेर विरोध प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः साझा पार्टीले सर्वाेच्च अदालतबाट गीता ढकालको हत्याका सम्बन्धका आरोपीलाई उन्मुक्ति दिने ढङ्गबाट त्रुटिपूर्ण फैसला भएको भनी आरोप लगाउँदै त्यसलाई तत्काल सच्याउन माग गरेको छ । सर्वाेच्च अदालतको पछिल्लो फैसलाले कानूनी राज्यको उपहास भएको सो पार्टीले जनाएको छ ।

फैसलाको विरुद्धमा साझा पार्टीका पदाधिकारीले न्यायको प्रतीक तराजुसहित माइतीघर नजिक सडकमा लम्पसार सुतेर आज विरोध जनाए । कार्यक्रममा प्रदेश नं ३ का सदस्य शोभा शाक्य र संयोजक रवीन्द्र मिश्र, नेतृ समीक्षा सापकोटालगायतका वक्ताले आम नागरिकको आशा र भरोसा गरेको न्यायलयबाट भएको पछिल्लो फैसला त्रुटिपूर्ण रहेकाले सच्याउन सुझाव दिनुभयो ।

सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको जन्मकैद गर्ने फैसला सर्वाेच्च अदालतले उल्टाएर दण्ड सजाय घटाएको थियो । न्यायको मन्दिरका रूपमा रहेको सर्वाेच्च अदालतबाट किन यस्तो फैसला भयो, विभिन्न कोणबाट टिकाटिप्पणी हुँदै आएको छ । महान्यायाधीवक्ता कार्यालयले उक्त निर्णय पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

उक्त फैसलाबाट समाजमा न्याय मरेको जनाउँदै साझा पार्टीका समर्थकले सडकमा सुतेर विरोध जनाएका हुन् । नेपाली झण्डा र पार्टीको चुनाव चिह्नको ब्यानर बोकेका साझाका समर्थकले त्रुटिपूर्ण फैसला रद्द गर्न, पीडितलाई न्याय दिन तथा गैरन्यायिक फैसला खारेज गर्न माग गरिएको प्लेकार्ड प्रर्दशन गरेका थिए । उक्त पार्टीले न्यायका लागि साझा यात्रा नाम दिएर उक्त विरोधको अभियान शुरु गरेको जनाएको छ ।

यसअघि उक्त पार्टीले न्यायालयको समग्र सुधारको माग गर्दै ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयबाट माइतीघर मण्डलासम्म साझा तराजु यात्रा आयोजना गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार