असार २४, २०८२ मंगलबार July 8, 2025

शैक्षिक महोत्सवको तयारी पूरा

महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली, ९ पुसः ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ धनगढीमा आजदेखि १५ गतेसम्म शैक्षिक महोत्सव हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलालीको आयोजनामा ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ महोत्सव हुने भएको हो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलालीले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा सुदूरपश्चिमका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामग्री, शिक्षण संस्थाहरू र शिक्षासँग सम्बन्धित निकायहरूका एक सय बढी स्टल रहने सङ्घका अध्यक्ष भीम पडालले जानकारी दिनुभयो । महोत्सवमा विद्यालयस्तरीय नृत्य, कविता, वक्ततृत्वकला र चित्रकला प्रतियोगिता पनि आयोजना हुने उहाँले बताउनुभयो । प्रतियोगिता आधारभूत र माध्यमिक तह गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारहरूको प्रस्तुतिका साथै सुदूरपश्चिमका स्थानीय परिकारका खाना र खाजाका कक्ष राखिनेछन् । शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयमा बहस सञ्चालन हुने जनाउँदै उक्त बहसमा मदन पुरस्कार विजेता साहित्यकार, विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्व, विषय विज्ञलगायतको सहभागिता रहने पडालले उल्लेख गर्नुभयो ।

दुई लाख दर्शकले अवलोकन गर्नुका साथै रु पाँच करोड बढीको कारोबार हुने आयोजकले अनुमान गरेको छ । पडालका अनुसार महोत्सव अवधिभर झण्डै रु दुई करोड बढी खर्च हुने अनुमान गरिएको छ ।

महोत्सव अवलोकनका लागि विद्यालय र क्याम्पसका विद्यार्थी सामूहिक रूपमा पोशाकमा आएमा निःशुल्क प्रवेश, अन्य विद्यार्थी स्वःस्फूर्त रूपमा आएमा रु ५० टिकट दर राखिएको छ भने सर्वसाधारणका लागि रु एक सय निर्धारण गरिएको सङ्घका अध्यक्ष पडालले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार