असार २४, २०८२ मंगलबार July 8, 2025

यसपटक भर्ना भएकै दिन पाठ्यपुस्तक हातमा

पुस महिनाको उत्पादन तथ्याङ्क हेरेर आवश्यकता प¥यो भने माघ महिनामा रातको समयमा पनि पुस्तक छपाइको काम गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस १० गते । आउने शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने भएका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यार्थीलाई भर्ना भएकै दिन पुस्तक हातमा उपलब्ध गराउने योजनाका साथ पाठ्यपुस्तक छपाइको गतिलाई तीव्रता दिएको छ । लामो प्रयासपछि पछिल्ला केही वर्षदेखि केन्द्रले विद्यार्थीलाई शैक्षिक सत्र सुरु हुनेबित्तिकै पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ ।

विद्यालय तहका लागि आवश्यक पर्ने पुस्तक छपाइको काम सरकारी स्वामित्वको उक्त केन्द्रले गर्दै आएको छ तर शैक्षिक सत्र सुरु हुने बेलासम्म जनक शिक्षाबाट मात्रै छाप्दा विद्यालयमा आवश्यकता अनुसारको पुस्तक उपलब्ध गराउन नसक्ने अवस्था आएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी प्रकाशन गृहको पनि सहयोग लिने गरेको छ ।

यस वर्ष जनक शिक्षाले विद्यालय तहका विद्यार्थीका लागि कुल एक करोड ८० लाख थान पुस्तक छाप्नुपर्ने हुन्छ । त्यसमध्ये एक करोड २० लाख थान पुस्तक छापिसकेको केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार अब करिब ५५ लाख थान पुस्तक मात्रै छाप्न बाँकी छ । बाँकी पुस्तक छपाइको काम पनि धमाधम भइरहेको छ । अहिले जनक शिक्षाभित्र छपाइ, बाइन्डिङ, कटिङ, स्टिचिङसमेत गरेर दुई दर्जन मेसिन सञ्चालनमा छन् ।

बिहानदेखि बेलुकासम्म पुस्तक छपाइको काम भइरहेको छ । पुस महिनाको उत्पादन तथ्याङ्क हेरेर आवश्यकता प¥यो भने माघ महिनामा रातको समयमा पनि पुस्तक छपाइको काम गर्ने योजना बनाएको झाले बताउनुभयो ।

प्रबन्ध सञ्चालक झाले भन्नुभयो, “यस पटक फागुन महिनाभित्रमा नै पुस्तक छपाइ सकेर बिक्री वितरण खुलाउने योजनामा म छु । सोही अनुसार काम पनि भइरहेको छ ।” विगत केही वर्षदेखि जनक शिक्षाको पुस्तक छपाइमा प्रगति देखेर सरकारले निजी क्षेत्रको दायरालाई क्रमशः घटाउँदै लगेको छ । विद्यालय तहमा कक्षा १ देखि १२ सम्मका लागि आवश्यक पर्ने पुस्तकमध्ये सरकारले गत वर्ष कक्षा १ देखि ४ सम्मको जिम्मेवारी निजी प्रकाशन गृहलाई दिएको थियो तर यस वर्ष भने निजी प्रकाशनले १, २ र ४ कक्षाको मात्रै पाठ्यपुस्तक छपाइ गर्न पाउने निर्णय यसअघि नै भइसकेको छ ।

यस वर्ष आफूहरूले छाप्नुपर्ने कक्षा १, २ र ४ बाहेकका पाठ्यपुस्तकमध्ये कक्षा ३ को पुस्तक भने गत वर्ष नै छापिसकेको झाले बताउनुभयो । उहाँका अनुसार जनक शिक्षालाई कक्षा १ देखि १२ सम्मकै पुस्तक छाप्ने अधिकार भए पनि व्यस्तताका कारण छपाइ गर्न सकिएको थिएन । तर, गत वर्ष आफूहरूले अन्य कक्षाका पुस्तक छापिसकेर बाँकी रहेको समयमा ३ कक्षाको पुस्तक पनि छापेको र उक्त पुस्तक आउने शैक्षिक सत्रमा प्रयोग गर्न मिल्ने भएका कारण जनक शिक्षा वा निजी कुनै पनि प्रकाशन गृहले छाप्न नपर्ने झाले बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार